राजनीति
नेपालको राजनीति, सरकार र निर्वाचन।

मुस्ताङका लागि निस्किए प्रधानमन्त्री बालेन
कास्की । निजी भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह पोखराबाट मुस्ताङतर्फ लागेका छन् । शुक्रबार पोखरा पुगेका प्रधानमन्त्री शाह अस्ताम गाउँस्थित अन्नपूर्ण इको भिलेज रिसोर्टमा बास बसेका थिए । आज बिहान उनी गाडीमै मुस्ताङतर्फ लागेका हुन् ।
_bydcl5n4qs_4fhexLRD1H.jpg)
गरिमा चौधरी प्रकरण: थप चार जना पक्राउ, अनुसन्धानमा लापरबाही गर्ने प्रहरीमाथि पनि कारबाही गर्ने गृहमन्त्रीको चेतावनी
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधप्रति गम्भीर दुःख व्यक्त गर्दै दोषीलाई कानुनी कठघरामा उभ्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गृहमन्त्रीले यस घटनाले

कतै आशा, कतै आशङ्का : अर्थमन्त्रीले ब्याङ्कको कालोसूचीमा परेकालाई किन राहत दिन खोजेका हुन्
ब्याङ्कको कालोसूचीमा परेकालाई राहत दिने पहलप्रति व्यवसायीहरू उत्साहित देखिन्छन् तर केही विज्ञहरू यस किसिमका नीतिगत परिवर्तन गर्दा विकृति दोहोरिन नदिन सतर्क हुनुपर्ने ठान्छन्।
‘होस्, म प्रधानमन्त्री भएको कल्पना गर्दिनँ’
समाजको अवस्था अनुरूपको राजनीति हुने हो । त्यस अर्थमा हाम्रो राजनीति निकै अस्वस्थ र रूग्ण छ ।
गरिमा हत्या : गृहमन्त्रीको आग्रह – अनुसन्धान गर्न दिनुस्
६ भदौ, काठमाडौं । गृहमन्त्री सुधन गुरूङले नागरिक खबरदारी आवश्यक भए पनि अनुसन्धानको काम गर्न दिन आग्रह गरेका छन् । तीन वर्षीया गरिमा चौधरीको हत्याको विषयलाई लिएर उनले नागरिक खबरदारी आवश्यक भए पनि अनुसन्धानलाई काम गर्न दिन आग्रह गरेका हुन् । ‘नागरिकको खबरदारी आवश्यक छ । सरकारमाथि प्रश्न उठाउनुहोस्, कमजोरी देखिए सचेत गराउ
गरिमालाई न्याय दिलाउन सरकार प्रतिबद्ध : गृहमन्त्री गुरुङ
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधबाट आफू अत्यन्त दुःखी र स्तब्ध भएको बताएका छन्। उनले घटनालाई सरकारले सुरुदेखि नै गम्भीरतापूर्वक लिएर निष्पक्ष र प्रभावकारी अनुसन्धान अघि बढाइरहेको दाबी गरेका छन्। गृहमन्त्री गुरुङले आरोपितहरूलाई तत्काल पक्राउ गरी अनुसन्धान अघि बढाइएको र प्रा
शाइनी अब्जेक्ट सिन्ड्रोम : नयाँ राजनीतिक समस्या
चम्किलो वस्तुले ध्यान खिच्छ, तर स्थायित्व दिंदैन । राजनीतिक दल, नेता, सांसद र नागरिक समाजले शाइनी अब्जेक्ट प्रवृत्तिलाई चिन्न आवश्यक छ ।
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
६ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औं राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम आलमगीर निर्वाचित भएकोमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले नवनिर्वाचित राष्ट्रपति आलमगीरलाई नयाँ जिम्मेवारीका लागि सफलताको शुभकामना व्यक्त गर्दै नेपाल र बङ्गलादेशबीच लामो समयदेखि कायम मैत्रीपूर्

प्रधानमन्त्रीसमेतलाई 'फिर्ता बोलाउने' विधानको व्यवस्था थप स्पष्ट पार्ने रास्वपाको 'तयारी'
यसअघिदेखि नै रास्वपाले निर्वाचित जनप्रतिनिधिहरूलाई फिर्ता बोलाउन सक्ने कानुनी व्यवस्थाको वकालत गर्दै आएको छ।
फोहोर व्यवस्थापनमा बालेन : मेयर नहुँदै अनेक तर्क सुनाए, प्रधानमन्त्री भएपछि बिर्सिए
फोहोरबाट छुटकारा पाउन बालेनलाई सम्झिरहने अरू कुनै कारण छैन, किनकी बञ्चरेडाँडाका स्थानीयलाई आफ्नै गाउँघर बोझ भएको छ । आर्थिक बोझ भएको भए गुजारा गर्न ठूलो कुरो हुँदैन थियो होला, तर आफैं बस्ने घर रोगको बासस्थान भएपछि उनीहरू अतालिएका छन् ।
इरानी राष्ट्रपतिको दाबी- अमेरिकाविरुद्ध हाम्रो जित विश्वले स्वीकार गरिसक्यो
इरानका राष्ट्रपति मसुद पेजेस्कियानले इरान अमेरिकाको तुलनामा बलियो स्थितिमा रहेको बताउँदै अब युद्ध समाप्त गर्ने बेला आएको बताएका छन् ।
रवि दाहिना हुँदा पुरुषोत्तमको राजनीतिक फड्को
जेनजी आन्दोलनबाट उदाएका पुरुषोत्तम यादव समानुपातिक सांसद हुँदै रास्वपा पदाधिकारीमा पुगेका छन् । सभापति रवि लामिछानेले मधेसको राजनीतिमा स्थापित गर्ने गरी यादवलाई सहमहामन्त्रीमा मनोनीत गरेको पार्टी नेताहरु बताउँछन् ।
वायुसेवा निगममा सरकारलाई सर्वोच्चको झड्का
महेश्वरभक्त श्रेष्ठलाई निगम महाप्रबन्धकको काम कर्तव्य समेत गर्ने गरी कार्यकारी अध्यक्ष पदमा नियुक्त गर्ने गरी मन्त्रिपरिषद्ले गरेको निर्णय कानुनसम्मत नभएकाले उत्प्रेषणको आदेशले बदर गरिदिएको सर्वोच्चको आदेशमा उल्लेख छ ।
सुदूरपश्चिम सरकारका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
शुक्रबार राति प्रदेश प्रमुख नजिर मियाँले नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाएका छन् ।
शिक्षामन्त्री भन्छन्- शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ, धेरै समस्या त्यसैमार्फत समाधान हुन्छन्
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा ऐन चाँडै टुंगोमा पुग्ने बताएका छन् । त्यसबाट शिक्षा क्षेत्रमा देखिएका धेरै समस्या समाधान हुने विश्वास उनले व्यक्त गरे ।
सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्दै सरकार, ६ सदस्यीय समिति गठन
यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शासकीय मामिला हेर्ने सचिवको अध्यक्षतामा ६ सदस्यीय समिति गठन गरिएको छ ।
सुदूरपश्चिम सरकार पुन: विस्तार, आजै शपथ
सुदूरपश्चिम प्रदेश सरकार आजै पुन: विस्तार गरिएको छ।
रास्वपाको आन्तरिक चुनावमा जित्नसक्थे, मनोनयनबाट केन्द्रीय समितिमा आए
रास्वपाको पहिलो महाधिवेशनमा चुनावी प्रतिस्पर्धाबाट नै केन्द्रमा आउनसक्ने नेताहरू मनोनीतको बाटोबाट केन्द्रीय सदस्य बनेका छन् ।

प्रधानमन्त्रीदेखि आफैँलाई मुछिएका विषयसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखको 'बकपत्र'
प्रधानमन्त्री कार्यालयमा अख्तियार दुरुपयोऊ अनुसन्धान आयोग प्रमुख र आयुक्तहरूलाई झन्डै थुनेर पासपोर्ट छपाइ प्रकरणमा मुद्दा चलाउन दबाव दिएको लगायतका विषयमा प्रेमकुमार राई र रवि लामिछानेले के बताए?

एमाले नेताको 'विवादास्पद' अभिव्यक्ति : व्यक्तिगत कि ओलीबाट अनुमोदित?
नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा 'बादल'ले प्रतिनिधिसभाको बैठकमा दिएको आक्रामक र आरोपयुक्त अभिव्यक्तिलाई लिएर उनीसँग स्पष्टीकरण सोध्न सकिने एमालेका एक नेताले बताएका छन्।

राहदानी कानुनमा फेर्न लागिएका व्यवस्थाप्रति विपक्षी र सत्तापक्षकै सांसदका अनेक आशङ्का
संसद्मा छलफल भइरहेको राहदानी कानुन संशोधन गर्ने विधेयकले सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फाइदा पुग्ने आशङ्का किन?

टर्की, साउदी अरब र पाकिस्तानले 'मुस्लिम नेटो' गठबन्धन बनाउन सक्लान्?
टर्की, साउदी अरेबिया र पाकिस्तानले गरेको रक्षा सम्झौतालाई कतिपयले "मुस्लिम नेटो" भनेका छन्। त्यस्तो सम्भावना कति वास्तविक छ?
पुराना पार्टीले देश बिगारे : सन्तोष परियार

रोहिन्ज्यासहित शरणार्थीका गतिविधि 'नियाल्दै' सरकार, तर पुराना प्रश्न कायमै
नेपालमा झन्डै २० हजार शरणार्थीहरूको बसोबास रहेको तथ्याङ्क छ। सरकारले भुटानी र तिब्बती शरणार्थीबाहेक अरूलाई गैरकानुनी आप्रवासी ठान्ने गरेको छ र उनीहरूका गतिविधि सुरक्षा निकायले निगरानी गर्ने गरेको बताउँदै आएको छ।
अमेरिकी ऊर्जा मन्त्रीद्वारा हर्मुजबाट भइरहेको तेल ओसारपसारको तथ्यांक सार्वजनिक
वासिङ्टन डीसी : अमेरिकी ऊर्जा मन्त्री क्रिस राइटले अमेरिकी नौसेनाको सहयोगमा मंगलबार हर्मुज जलडमरूमध्य बाट १ करोड ५० लाख ब्यारलभन्दा बढी कच्चा तेल तथा अन्य इन्धन उत्पादनहरू सफलतापूर्वक निकासी गरिएको जानकारी दिएका छन्। सामाजिक सञ्जाल एक्समा उल्लेख गर्दै मन्त्री राइटले पाइपलाइनमार्फत भएको निकासीलाई समेत जोड्दा उक्त क्षेत्